सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुटिए

२८ साउन, काठमाडौं । सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए । भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ ।
Complete Reading

Create Account



Log In Your Account