ढल्किएकाे उमेरमा कम्प्युटर सिक्दै जनप्रतिनिधि

ढल्किएकाे उमेरमा कम्प्युटर सिक्दै जनप्रतिनिधि

ढल्किएकाे उमेरमा कम्प्युटर सिक्दै जनप्रतिनिधि

गुल्मीको दरबार गाउँपालिकाका प्रमुख अशोक कुमार थापा उमेरले ७२ वर्ष पुगे । बुढेसकालले छोएसँगै घरमा बस्ने उमेर हो उनको । गाउँका छोरानातिलाई अर्ती उपदेश दिने अवस्था हो । तर, राजनीतिले गाउँपालिकाको प्रमुख बने उनै थापा । र फेरियो उनको दिन चर्या । प्रायः उनी गाउँको विकासमा खटिन्छन् ।

गाउँपालिकाको कामबाहेक उनी अहिले कम्प्युटर सिक्दैछन् । नयाँ प्रविधिसँग साइनो गाँस्दै छन् । गाउँमा उनी मात्रै होइन् । उनी जस्तै उमेर ढल्किएका प्रतिनिधिहरु पनि कम्प्युटर सिक्न धाएका छन् । पाका जनप्रतिनिधिलाई अवसरले माथि पुर्‍याए पनि प्रविधिले पछाडि पारेको अनुभव गरेका छन् ।

गाउँमा नै स्थानीय सरकार पुगेपछि आफैले सिफारिस, निवेदन बनाउनु पर्ने भएपछि गाउँपालिकाका प्रमुखसहित कार्यपालिका सदस्यलाई कम्प्युटर सिकाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । ‘सामान्य काम पनि कम्प्युटरमा हुन थालेपछि सिकाउँदै छौ, ‘शर्माले भने, ‘नेपाली युनिकोड, इमेल, वेवसाइट, सामाजिक सञ्जाल, मोबाइल एप्लिकेशन चलाउन सक्ने बनाउने हो ।’

थापा जस्तै दरबार गाउँपालिका, ३ का वडाध्यक्ष ७६ वर्षीय क्याप्टेन बलबहादुर थापा बुढेसकालमा कम्प्युटर सिक्न पाएकोमा दङ्ग छन् । लामो समय भारतीय सेनामा कार्यरत भएका उनी पछिल्लो समयमा समाज सेवामा काम गर्दै आएका थिए ।

बुढेसकालमा कम्प्युटर नभई नहुने भएको थापाले बताए । ‘आँखाले ठम्याउनै गाह्रो छ कसरी सिक्ने ?’ उनी भन्छन् , ‘कम्प्युटरमा नाम र एबिसिडी अलिअलि लेख्न जानेको छु ।’

वडाध्याक्ष थापाले ल्यापटप किनेर घरमा पनि सिक्दै आएको बताए । प्रविधिको प्रयोग गरी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका प्रमुख थापाले बताए ।

‘अहिले प्रविधिसँग खेल्न नसक्ने भएँ, आँखा नै नभए जस्तो भयो,’ गाउँपालिका प्रमुख थापाले भने, ‘सबै उत्साहित भएर सिकिरहेका छौँ ।’ उनीहरुलाई गाउँपालिका आइटी इन्जिनियर सुरेश खनाल, अधिकृत शर्मा, सहायक कम्प्युटर अपरेट चन्द्र पन्थीले कम्प्युटर सिकाउँदै आएका छन्

seurce nayapatrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account