आफ्नै कपाल लुछ्ने कस्तो रोग हो थाहा पाउनु होस

आफ्नै कपाल लुछ्ने कस्तो रोग हो थाहा पाउनु होस

आफ्नै कपाल लुछ्ने कस्तो रोग हो थाहा पाउनु होस

रमा श्रेष्ठ (नाम परिवर्तन) १३ वर्षकी भइन् । उनी बारम्बार आफ्नो  कपाल तान्ने र कहिलेकाहीँ खाने समेत गर्दछिन् । कपाल तान्दा-तान्दा उनको टाउको पछाडिको आधाजस्तो भाग खुइलिसकेको छ ।

उनलाई आफूले कपाल लुछिरहेकी छु भन्ने होस नै हुदैन । उनलाई आफ्नो कपाल माया लाग्ने, नतान्न पाए हुन्थ्यो, अरूको जस्तै आफ्नो कपाल पनि लामो भइदिए हुन्थ्यो भन्ने लाग्छ । उनी आफ्नो कपालको हेरचाह पनि गर्दछिन् ।

 

दैनिक तेल पनि लगाउँछिन् तर आफूले नै कपाल किन लुस्छु भन्ने कुरा उनी आफैलाई थाहा छैन । लगभग बेहोसी अवस्थामै कपाल लुस्छिन् उनी । बुबाआमाले उनको यो बानी हटाउन भनेर हात बाँधिदिने लगायतका धेरै प्रयास पनि गरे तर सफलता हात लागेन ।

रमा आˆनो कपाल देखेर निरास हुन्छिन् । उनी भन्छिन्-अरूले जिस्क्याउँदा नरमाइलो लाग्छ । लाज लागेर आउछ । हिनताबोध हुने गर्छ । तर विवश भइदिन्छु, कसरी मबाट त्यस्तो हुन्छ, आफैं थाहा पाउँदिन ।’

उनी आˆनो खुइलिएको टाउको नदेखियोस् भनेर सलले टाउको छोप्ने वा टोपी लगाएर हिँड्छिन् । अहिले त झन् उनमा मनमा कुरा खेल्ने, डरचिन्ता लाग्ने, डरलाग्दो सपना देख्ने, नङ टोक्ने, आकुलव्याकुल तथा छटपटी हुनेजस्ता समस्या समेत देखिएका छन् ।

किन यस्तो हुन्छ ?

रमालाई भएजस्तो यस्तो समस्यालाई ट्राइकोटिलोमेनिया भनिन्छ । यो एक प्रकारको मानसिक रोग हो । यो रोग लागेको व्यक्तिले आˆनो शरीरको रौं बारम्बार तान्ने गर्दछ । यो एक प्रकारको आवेगजन्य रोग हो । यो रोग लागेको व्यक्तिले आफ्नो आवेग रोग्न सक्दैन ।

आˆनो रौ तान्न नपाउँदा उनीहरूमा एक प्रकारको तनाव, अशान्ति एवं छटपटी हुने गर्दछ । रौ तानिसकेपछि आनन्द, सन्तुष्टि एवं तनावबाट छुटकारा पाएको महसुस हुने गर्छ । यो रोग लाग्दा आवेगका साथ कपाल तान्ने र कसैकसैले त खाने, चपाउने वा रौंसँग खेल्ने समेत गर्दछन् । उनीहरूमा देखिने गरी नै कपाल वा रौंको क्षति भएको हुन्छ ।

यो रोग लागेका कतिलाई रौ तानिरहँदा आफूले के गरिरहेको छु भन्ने नै थाहा हुदैन । टि.भी. हेर्दा, पढ्दा, कुरा गर्दा वा अन्य जुनसुकै अवस्थामा अनायासै रौ तानिरहेका हुन्छन् । कतिले भने नियोजित तवरबाट पनि तनाव, चिन्ता, नैराश्य एवं एक्लोपन कम गर्न र आफूलाई शान्त गर्न यसो गरिरहेका हुन्छन् ।

के हुन्छ असर ?

रौ तान्दा उनीहरूले खासै दुखाइ महसुस गर्दैनन् । उनीहरूले अलिअलि गरेर रौं वा कपाल तानिरहेका हुन्छन् । उनीहरू आˆनो यस्तो कार्य घरपरिवार वा अरूलाई देखाउन चाहँदैनन् । सकेसम्म लुकाउने प्रयास गर्दछन् ।

यो रोग लागेकाहरू आफ्नो मात्र होइन अरूको कपाल तान्दा समेत खुसी महसुस गर्दछन् । यो रोग लागेका कसैकसैले खेलौना, पाल्तु जनावर, कपडा तथा ओढ्नेबाट पनि रौ तान्ने गर्दछन् । कहिलेकाहीँ समाचारमा पेटबाट ठूलो मात्रामा कपालको गुच्छा अपरेशन गरेर निकालिएको सुनिन्छ । जुन यस्तै रोगबाट प्रभावित व्यक्तिहरूमा हुने गर्दछ ।

कतिलाई यस्तो समस्या ?

जनसंख्याको १ देखि २ प्रतिशतमा यो रोग हुने गरेको अनुसन्धानबाट देखिन्छ । नौ वर्षदेखि तेह्र वर्षको उमेरमा प्रायःजसो मानिसमा यो रोग देखा पर्दछ । तर, यस भन्दा अगाडि वा पछाडि जीवनको कुनै पनि समयमा यो रोग देखिनसक्छ । पुरुषभन्दा महिलामा सात गुणा बढी देखिने यो रोग बाल बालिकामा भने बराबरजसो देखिन्छ ।

यो रोग लागेका व्यक्तिले टाउको कपाल, आँखाको परेला, अँाखीभौंको रौं, दाह्री, हातको रौ, खुट्टाको रौ, जुँगा, नाकको पोराको रौ, जननेन्दि्रयको रौ, छातीको रौ, हातले नै वा अन्य वस्तुको प्रयोग गरेर उखेल्ने गर्दछन् । जुन अन्य शारीरिक रोग लागेर आफैं झरेको नभई उखेलेको हो भन्ने स्पष्ट देखिन्छ ।

के हो कारण ?

यो रोग लाग्नुका पछाडि यही नै कारण हुन्छ भनेर स्पष्ट भन्न सकिदैन । मस्तिष्कको रासायनिक तत्वको गडबडी, दुव्र्यवहार, पारिवारिक द्वन्द्व, आफन्तको मृत्युजस्ता तनावजन्य अवस्था, आमा र बच्चाबीच राम्रो सम्बन्ध नहुनु आदि कारणले यो रोग लाग्नसक्छ । रौं तान्ने वा कपाल लुछ्ने रोग दीर्घ मानसिक रोग हो ।

उपचार नहुदा रोगका लक्षणहरू जटिल हुँदै जान्छन् । समयमै उपचार नगरे यसबाट प्रभावित व्यक्तिमा डिपे्रसन, एन्जाइटी, व्यक्तित्व सम्बन्धी गडवडी, लागुपदार्थको लतका साथै अन्य मानसिक रोग लाग्ने सम्भावना बढ्छ ।

यो रोगको कारण व्यक्तिगत तथा सामाजिक जीवन र कार्य एवं व्यवसायमा समस्या आउँछ । यस्ता व्यक्तिहरू सामाजिक क्रियाकलाप, भेटघाट आदिबाट पन्छिन खोज्ने, अवसरलाई गुमाउने, अरूले आˆनो कपालको अवस्था थाहा पाउँछन् भनेर नजिक नहुने, कृत्रिम कपाल र परेला लगाउने तथा कपाललाई स्टाइल दिनेजस्ता काम गर्दछन् ।

के छ त उपचार ?

कसैले आˆनो खराब वानी व्यहोराको कारणले कपाल वा रौं उखेल्ने गरेको होइन । तसर्थ सर्वप्रथम यो रोग हो भन्ने कुरा बुझ्नु आवश्यक छ । सजाय दिएर, गाली गरेर, जिस्क्याएर यो रोग हट्ने होइन ।

झन् बढनसक्छ । घर परिवारका सदस्य, साथीभाइले यो रोग लागेको व्यक्तिलाई यसो नगर भनेर सल्लाह दिने, जिस्क्याउने तथा गाली गर्ने गर्नु हुँदैन । यो रोग लागेका व्यक्तिले चाहेर पनि यस्तो व्यवहार रोक्न सक्दैनन् ।

यस्तो कुरा गर्दा उनीहरूले आफूलाई कमजोर भएको, यसलाई रोक्न नसकेकामा आफैलाई दोषी ठान्ने, आरोप लगाउने, आफैसँग रिसाउने, हीनताबोध गर्ने गर्दछन् । यसले उनीहरूमा थप मानसिक तनाव बढ्छ ।

यो रोगको उपचारका लागि सबैभन्दा राम्रो विधि विभिन्न खालका मनोवैज्ञानिक प्रशिक्षण एवं साइको थेरापी हुन् । तर यो रोगको कारण डिप्रेशन, चिन्ताको समस्या लगायतका अन्य मानसिक रोग पनि देखा परेको छ भने मनोचिकित्सकको सल्लाह अनुसार औषधीको सेवन समेत गर्नुपर्ने हुन्छ ।अनलाइनखबरबाट

लेखक मार्क नेपाल मनोसेवा केन्द्रका मनोविद् हुन्   

प्रतिक्रिया दिनुहोस
seurce margrekha

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account