विजुलीको पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

विजुलीको पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

विजुलीको पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टी गरिन् । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ

कसरी भयो निधन ?

टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो ।

रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो । बोगटीको उपचारका लागि बीएन्डबी अस्पतालमा ल्याउँदै गर्दा निधन भएको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account