सुकेटार विमानस्थल सोमबारदेखि खुल्ने

सुकेटार विमानस्थल सोमबारदेखि खुल्ने

सुकेटार विमानस्थल सोमबारदेखि खुल्ने

ताप्लेजुङ : गत चैतदेखि स्थगित सुकेटार विमानस्थल सोमबारदेखि सुचारु हुँदैछ । समीट एयरले यहाँ आफ्नो उडान भर्ने भएको हो ।

सोमबारदेखि हप्तामा एक पटक ताप्लेजुङ–काठमाडौं हुने उडानका लागि बुकिङ खुला भएको समीटका ताप्लेजुङ प्रतिनिधि प्रकाश शेर्पाले बताए । शेर्पाका अनुसार ७ हजार ६ सय एकतर्फी भाडादर तोकिएको छ । जहाजले काठमाडौंबाट १६ जना र ताप्लेजुङबाट १८ जना यात्रु उडान गर्न सक्ने बताइएको छ ।

नियमित उडान भए कञ्चनजंघा क्षेत्र र पाथिभराको भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्नसक्ने भन्दै पर्यटन व्यावसायी उत्साही छन् । तीन वर्षअघि धावनमार्ग कालोपत्रे गरिए पनि सुकेटारमा नियमित उडान हुन सकेको छैन।

seurce annapurnpost

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account