ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

ओम अस्पतालको अध्यक्षमा उद्धव पौडेल, भोला रिजाल बाहिरिए

, काठमाडौं । करिब तीन दशक पहिले आफैले सञ्चालन गरेको चावहिलस्थित ओम अस्पतालबाट वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल बाहिरिएका छन् ।

अस्पताल सञ्चालक समितिले अस्पतालका अध्यक्ष डा. भोला रिजाललाई हटाएर उनको ठाउँमा उद्धव पौडेललाई ल्याएपछि डा. रिजाल अस्पतालबाट बाहिरिएका हुन् । उनले अब आˆनो नियमित सेवा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलबाट दिने भएका छन् ।

गरीब तथा विपन्न नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले रिजालले पूरा समय नेपाल मेडिकल कलेजमा दिने भएका हुन । काठमाडौको अत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेज डा. रिजालद्वारा सञ्चालित कलेज हो ।

आगामी सोमबार देखि उनले हप्ताको ६ दिन जोरपाटीबाट नियमित सेवा सुचारु गर्ने जनाएका छन् । ‘मैले आˆनो सेवालाई एनएमसीबाट नियमित गर्ने निर्णय लिएको छु । उक्त सेवा आगामी सोमबारबाट सुरु हुनेछ,’ डा. रिजालले भने, ‘यस बाट बिरामीमा पर्न गएको केही असुबिधा प्रति क्षमा चाहान्छु ।’

उनले गरीब तथा बिपन्न बिरामीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन नै आˆनो पहिलो लक्ष्य भएको बताउन आफ्ना नियमित सेवा ग्राहीलाई कसैको भ्रममा नपरी नेपाल मेडिकल कलेज आउनसमेत आग्रह गरेका छन् । रिजालले नेपाल मेडिकल कलेज जोरपाटीमो दिउसो १ देखि ४ बजेसम्म बिरामी हेर्नेछन् ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account