चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडा मृत फेला

१२ भाद्र, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अर्को एक दुर्लभ एकसिङ्गे गैंडा मृत भेटिएको छ ।

माडी जाने रीउ खोलाको पुलबाट करीव ५ सय मिटर पश्चिमतर्फ मृत अवस्थामा गैंडा भेटिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

‘मृत गैंडा भाले वा पोथी के हो भन्ने बारेमा पहिचान भएको छैन । गैंडा केहीदिन पहिले नै मरेको जस्तो देखिन्छ,’ निकुञ्जका सूचना अधिकारी अर्यालले भने, ‘केही सडेको छ, काासघारीमा टाउको घोलमा परेको छ । हात्ती नभइ घटनास्थल जान सकिएन, हात्तीको व्यवस्था मिलाउादैं छौं ।’

गैंडा चोरी शिकारीबाट मरेको नभइ प्राकृतिक मृत्यु जस्तो देखिएको अर्यालले बताए । यसअघि गत भाद्र १ गते पनि निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको थियो । गैंडाको औसत आयु ४० वर्षको हुन्छ ।

चालु आर्थिक वर्षमा गैंडा मरेको यो दोस्रो घटना हो । निकुञ्जले दिएको जानकारी अनुसार गत वर्ष कालगतीले ८, जुाधेर ४, बाढीमा परेर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३, ब्याउान नसकेर एउटा र कारण नखुलेका २ गरी २६ गैंडाको मृत्यु भयो ।जसमा भाले १२, पोथी १० र नखुलेको ४ गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account