बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

बनगाड खोलाको बाढीले बगाएको माइक्रो बस । तस्वीर: दुर्गा बीसी

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो ।८ भदौ, सल्यान । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ ।

पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ । कतिपयले पैदलयात्रु र गाडीहरुले जोखिम मोलेरै बाढी तर्ने गर्दछन् ।

खोलामा आएको बाढी नघट्दासम्म गाडीहरु रोकिनुपर्दा यात्रुहरु बाटोमै अलपत्र पर्दछन् ।

छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने बनगाड खोला तरेर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लामा दैनिक हजारौं व्यक्तिहरु आवतजावत गर्दछन्

seurce onlinekhabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account