अस्पतालको शैयाबाट क्यान्सर पिडित ताराको अनुरोध : मलाई बचाइदिनु

अस्पतालको शैयाबाट क्यान्सर पिडित ताराको अनुरोध : मलाई बचाइदिनु

अस्पतालको शैयाबाट क्यान्सर पिडित ताराको अनुरोध : मलाई बचाइदिनु

युएई । विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् । 

युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी हुन् ।

विगत ६ बर्षदेखि रोजगारीको सिलसिलामा युएई आएकी गुरूङ गत नोभेम्बरमा सामान्य बिरामी परि उपचारको लागि अस्पताल जाँदा पाठेघरको क्यान्सर भएको थाहा पाएकी थिइन् ।

श्रीमानले अर्को बिहे गरेपछि एक्लो बनेकी २ छोराको तारा माइतीको साहरामा झापामा बस्दै आएकी थिइन् । आफ्ना दुई छोराहरुको उज्वल भविष्यको सपना बोकेर युएई आएकी उनी परदेशी भूमिमा क्यान्सरसँग लडिरहँदा कस्को मन नदुख्दो होला र ? उनी उपचारसँगै एक हप्तोखि तवाम अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी छिन् ।

अलऐनको एक प्रतिष्ठित क्लिनिङ कम्पनीमा काम गर्दै आएकी तारा आकस्मत यसरी बिरामी पर्दा कम्पनी पनि अन्योलमा पर्यो । कम्पनीले आफ्ना सबै कामदारको बिमा त गरेको थियो । तर बिमा कम्पनीले विविध कारण देखाउँदै ताराको उपचारमा समस्या आएको थियो ।

बिमाको समस्या आएपछि उनी काम गर्ने स्कुलका शिक्षकशिक्षिकाहरूको व्यक्तिगत पहलमा करिब साढे ३ लाख रूपैयाँ अर्थात् (१० हजार दिराम) अस्पतालमा जम्मा गरि उपचार शुरू गराएका थिए ।

उपचारसँगै अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी उनलाई नेपाली दुतावासको बिशेष पहलमा बिमा नविकरण गराई उपचारमा सहज पारिएको बिरामी कुरूवा सरस्वती बास्तोला बँताउछिन् । मासिक ८ सय दिराम तलबले २ छोराहरूको पढाई, घरखर्चमा नै सकिएकोले बचत नभएको तारा बँताउछिन् ।

झापाली समाज युएईको आजीवन सदस्य तथा क्षेत्रिय समिति अलऐनका सदस्य समेत रहेकी तारालाई झापाली समाज युएईले उपचार सहयोग समिति बनाइ सहयोग गरिरहेको छ ।

नेपाली भूमि फिर्ताको पहल गर्न बेलायती मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरमार्फत बेलायत सरकारलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको छ ।
मोर्चाले नेपाल र बेलायतबीचको सम्बन्ध गोर्खा जवानको भर्ती र तिनको सेवासुविधासँग मात्र सीमित नरहेको भन्दै यो सम्बन्ध बेलायतसँग नासोको रूपमा हाम्रो माटोसँग पनि अझ बढ्ता रहेको जनाएको छ ।

नेपाल र बेलायतबीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भई तत्कालीन नेपालको ४०५ भन्दा बढी जमिन बेलायती साम्राज्यमा गाभिएकोमा बेलायत त्यस क्षेत्रबाट फर्किँदा त्यो जमिन नेपाललाई फर्काउनुपर्छ भन्ने कुरा चटक्कै बिर्सेको मोर्चाको भनाई छ । ‘हामीलाई हाम्रो जमिन फिर्ता चाहिएको थियो तर तपाईंहरूले नेपालको जमिन भारतको अधीनमा रहन सक्तैन भन्न चाहनुभएन ।

हामी आज पनि हाम्रो भू–भाग फिर्ता लिन लालायित छौँ, जुन भारतको उपनिवेशमा रहँदै आएको छ । त्यतिबेला मेचीपूर्व टिस्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्म बेलायतको उपनिवेशमा रहेको हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छाडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ? के बेलायतले त्यो नेपाली भू–भाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?’ भनेर प्रश्न गरेको छ ।

त्यस्तै मोर्चाले बुझाएको ज्ञापनपत्रको ३ नम्बर बुँदामा सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या नभएको उल्लेख छ । ‘बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि भारतको कब्जा तत्काल अन्त्य गर्न दबाब दिनु बेलायतको नैतिक दायित्व हो भन्ने ठान्दछ’ ज्ञापनपत्रमा भनिएको छ ।

मोर्चाले सैनिक कार्वाही गरेर फकल्यान्ड टापुमाथि बेलायती झन्डा फहराउने देशले सैनिक कार्बाही गरेरै गोआमाथि कब्जा जमाएको भारतलाई नेपालको जमिन सम्मानपूर्वक फिर्ता गर्ने बाध्यकारी वातावरण बनाइदेओस् भन्ने नेपाली जनताको मागमा समर्थन जनाउन हामीमाथि न्याय प्रदान गर्दै उपनिवेशको अन्त्यमार्फत स्वतन्त्रताको संखघोष गरोस् भन्ने माग दोहोर्याएको छ ।

seurce ratopati

 

admin

leave a comment

Create Account



Log In Your Account