वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर

वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर

वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर

१० फागुन, काठमाडौं । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् ।

महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् ।

सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन ।

प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

हाल घटनास्थलको मुचुल्का प्रक्रिया प्रहरीले सकेको छ । दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

१० फागुन, काठमाडौं । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ रुपैयाँ  लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच मेगावाट छन् । यस्तै जलविद्युत्तर्फ आठ प्रवर्द्धक कम्पनीले उद्योग दर्ता गराएका छन् ।

कूल ३३३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको विभागको विवरणमा समावेश छ । ती आयोजनाबाट प्रत्यक्ष रुपमा ४३४ जनाले रोजगारी पाउने छन् । विभागमा दर्ता भएका अधिकांश उद्योग स्वदेशी लगानीमा नै आधारित भए पनि एउटामा भने चिनियाँ कम्पनीको लगानी हुने बताइएको छ ।

कूल २३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि भन्दै ‘सिचुवान वाइपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी प्रालि’ नामक ऊर्जा कम्पनी दर्ता भएको हो । सोे आयोजनामा ४५ अर्ब रुपैयाँ लगानी रहनेछ ।

यस्तै कास्की जिल्लामा आयोजनास्थल रहने गरी सिटिजन हाइड्रो प्रालि दर्ता भएको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको लागत एक अर्ब दुई करोड ६१ लाख १७ हजार ८११ रुपैयाँ रहनेछ । सो आयोजनाले २१ जनालाई रोजगारी उपलब्ध गराउने जनाएको छ ।

बाग्लुङ जिल्लामा पहाडी हाइड्रोपावर कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको आयोजना स्थापनाका लागि निवेदन दर्ता गरेको छ । सो आयोजनाको लागत ६२ करोड ५६ लाख ३३ हजार रुपैयाँ बराबरको रहने जनाइएको छ ।

माइखोला हाइड्रोको नाममा तीन मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको छ । सो आयोजनाको लागत रु ५५ करोड ५८ लाख ९० हजार ४८६ रहने गरी विभागमा दर्ता भएको हो ।

उद्यमी ज्ञानेन्द्रलाल प्रधानले धादिङको आँखु खोलामा आँखु खोला जलविद्युत् आयोजना निर्माण गर्ने गरी उद्योग दर्ता गरेका छन् । सो आयोजनाको लागत छ अर्ब ३० करोड ९६ लाख ४२ हजार ३२३ रुपैयाँ रहनेछ । कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको सो आयोजनाले ७० जनालाई रोजगारी दिनेछ ।

यस्तै २० मेगावाट क्षमताको दोलखा जिल्लामा आयोजनास्थल रहने हिम पर्वत हाइड्रोपावर कम्पनी विभागमा दर्ता भएको छ । आयोजनाको कूल लागत रु तीन अर्ब २९ करोड छ । आयोजनाले ५२ जनालाई रोजगारी दिनेछ ।

यस्तै आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराएका छन् । सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ । आयोजनाको लागत रु १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ ।

सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ । यस्तै पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यसहित शिखर हाइड्रोपावर कम्पनी दर्ता भएको छ । आयोजनाको लागत ९० करोड छ लाख रुपैयाँ रहेको छ ।

सौर्य ऊर्जा उत्पादन गर्ने गरी तीन नयाँ कम्पनीले विभागबाट स्वीकृति लिएका छन् । तनहुँमा आयोजनास्थल रहने गरी सोलार फर्म प्रालिले पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । विभागबाट अनुमति लिएको प्रवर्द्धक कम्पनीले ५० करोड रुपैयाँ लगानी गर्नेछ ।

यस्तै रिडी हाइड्रोपावरले रुपन्देहीको तिलोत्तमामा आठ दशमलव पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको लागत ६५ करोड ४६ लाख ६२ हजार ५०० रुपैयाँ छ ।

यस्तै अपि पावर कम्पनीले रौतहटको चन्द्रपुर– ५ मा चार मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ । सो आयोजनाको लागत ३२ करोड १२ लाख ४० हजार रुपैयाँ रहेको छ ।

seurce online khabar

admin

Related Posts

प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही कडा कदम चाल्नुपर्ने हुन सक्ने बताए । उनले भने- ‘समीक्षा सुरु भएको छ, सरकारका कामहरुको पनि र पार्टी एकताका कामहरुको पनि ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताए । त्यसैले अब जो जो परे पनि केही स्टेप चाल्नुपर्ने उनले बताए । उनले अगाडि भने ‘जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्नेखालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ । कसैलाई सिध्याउने भन्ने त होइन तर पार्टी, आन्दोलन, जनता र राष्ट्रका लागि व्यक्ति ठूलो कुरा होइन

leave a comment

Create Account



Log In Your Account