डिस्लेक्सियाः तोते बोल्ने, राम्रो पढ्न नसक्ने, उल्टोपाल्टो पढ्ने समस्या !

डिस्लेक्सियाः तोते बोल्ने, राम्रो पढ्न नसक्ने, उल्टोपाल्टो पढ्ने समस्या !

डिस्लेक्सियाः तोते बोल्ने, राम्रो पढ्न नसक्ने, उल्टोपाल्टो पढ्ने समस्या !

किन र कसरी हुन्छन् : मूर्ख र मन्दबुद्धिका ठानिएकाहरु विलक्षण प्रतिभाशाली

डिस्लेक्सियाले ग्रस्त विश्वविख्यात हस्तीहरु, जसको सफलताको कथाले प्रमाणित गरेको छ : बुद्धू र मन्दबुद्धि ठानिएकाहरु पनि प्रतिभाशाली हुन्छन् !

के तपार्इं तीन वर्षसम्म बोल्नै नजान्ने र नौ वर्षसम्म पनि खर्रर बोल्न नसक्नेहरुलाई मन्दबुद्धिको मान्नुहुन्छ ? के तपाईं स्कूलमा गणितमा आलु खाने र शिक्षकको गाली खानेहरुलाई मूर्ख ठान्नुहुन्छ ?

पख्नुस्, त्यसो ठान्दै हुनुहुन्छ भने तपाईंको ठम्याइ सही नहुनसक्छ ! किनकि, वैज्ञानिक अल्बर्ट आइन्स्टाइन स्वयं पनि पहिले त्यस्तै बालक मानिन्थे । सानोमा संगीतकार मोजार्ट, चित्रकार लियोनार्दो दा भिन्चि र कथाकार हाय्न्स क्रिश्चियन एण्डर्सनले पनि अनेक आरोप र गाली खाएका थिए, पढाइ–लेखाइमा समस्या भएको कारणले ।

के तपार्इं ‘क’लाई ‘त’ ‘ट’ उच्चारण गर्नुहुन्छ ? यहाँका साथीहरु मोजालाई नोजा या अरु केही भन्छन् ? के विद्यार्थीहरु ‘द’ लाई ‘म’ वा m लाई n भन्छन् ? यस्तो भन्नेहरुलाई तपाईं काम नलाग्ने बुद्धू बच्चा भन्नुहुन्छ ?

होश गर्नुस्, उनीरुलाई जे पायो, त्यही भन्नु पक्कै गलत हुनसक्छ । किनकि बीसौं शताब्दीका चर्चित राजनीतिज्ञ विन्स्टन चर्चिल पनि सानोमा भकभके थिए । अलि ठूला भएपछि पनि तोते बोलीमा कुरा गर्ने चर्चिलले भन्न खोजेको कुरा अस्पष्ट हुन्थ्यो ।

वैज्ञानिकहरु नील्स बोर, बेञ्जामिन फ्रेन्कलीन, अलेक्जेण्डर ग्राहम वेल, माइकल फाराडे, कलाकार टम क्रुज र वाल्ट डिस्नेले पनि बाल्यावस्थामा अनेक लाञ्छना खपेका थिए, लेखपढको समस्याले गर्दा ।

धेरैजसो मानिसहरुमा वास्तविकता बुझ्दै नबुझी, बुझ्ने प्रयास नै नगरी जे मन लाग्यो, त्यही भन्दिने बानी छ । कट्टुलाई टट्टु भनी हिज्जे गडबड गरी भन्ने–लेख्नेलाई अनेक ढंगले लाञ्छना लगाउने प्रचलन व्याप्त छ । समाजमा वा स्कूलमा उनीहरुलाई सजिलै मूर्ख, बुद्धू वा ‘डल’ विद्यार्थीको संज्ञा दिइन्छ र उनीहरुलाई गिज्याइन्छ । र, त्यसको परिणामस्वरुप शुरु हुन्छन् कलिला बालबालिकाहरुको प्रतिभा र सुन्दर भविष्यको हत्या गर्ने सिलसिला ।

nice लाई mice उच्चारण गर्ने वा knife लाई nive लेख्ने वा अध्ययन–लेखनमा ढिलो हुनेहरु धेरै नै हुन्छन् । यस्ता लक्षणहरु मूर्खता वा बुद्धूपनाका उदाहरणहरु हुन् ? वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्ता लक्षणहरु डिस्लेक्सिया (DYSLEXIA)  नामक समस्याका संकेतहरु हुन्, जुन लेखपढमा कमजोरीको रुपमा प्रकट हुन्छन् । यसको पहिचान गर्ने क्रममा वैज्ञानिकहरुले भनेका छन्– जो सिकाइमा सुस्त छन्, जो हिज्जे वा alphabet को लेखाइ र उच्चारणमा गडबड गर्छन्, उनीहरु यो समस्याको शिकार भएका व्यक्तिहरु हुन् ।

डिस्लेक्सिया नामक समस्याको अर्थ हो– द लाई म का रुपमा उच्चारण गर्ने समस्या, अक्षरको वाचनमा कमजोरी, पढाइमा ढिलाइ, लेखाइमा सुस्ती, गलत उच्चारण, स्मरण–शक्तिमा कमी र लामा लामा वाक्यहरु उच्चारण गर्ने र बुझ्ने क्षमताको अभाव !

डिस्लेक्सियाले ग्रस्त व्यक्तिमा देखिने यस्ता कमजोरीहरुमध्ये अर्को उल्लेखनीय पक्ष हो– कुनै शिक्षक वा अभिभावकले आज केही नयाँ कुरा सिकाउँछन् र यस्ता व्यक्तिहरुले बुझेजस्तो पनि देखिनसक्छ । तर केही समयपछि वा भोलिपल्ट नै उनीहरुले ती सबै नयाँ कुरा बिर्सिसकेका हुन्छन् ।

योसँगै देखिने अनौठो पक्ष हो– गणितका आधारभूतहरु हिसाबहरु समेत राम्ररी गर्न नसक्नेहरुलाई त्यस्ता हिसाबहरु मौखिक रुपमा सोधियो भने उनीहरुले मौखिक रुपमा सहज ढंगले तुरुन्ता तुरुन्तै जवाफ दिन सक्छन् । यसले के देखाउँछ भने उनीहरुमा केही क्षेत्रमा कमजोरी हुँदाहुँदै पनि सबल पक्षहरु पनि हुँदारहेछन्, जुन अरु सफल र सक्षम भनिएकाहरुमा नहुन सक्छ । यसबाट ग्रस्त व्यक्तिहरुमा रहेको मौखिक रुपमै छिटो जवाफ दिनसक्ने खुबीबाट थाहा हुन्छ : उनीहरुमा अरु धेरै त्यस्ता विशिष्ट खुबी, अनौठो क्षमता र विलक्षण प्रतिभा हुनसक्छन्, जुन अरुमा धेरै कम मात्रै पाइन्छन् ।

केही व्यक्तिहरुको सामान्य ज्ञानमा राम्रो दख्खल हुन्छ तर लेख्नुपर्दा भने अक्षरमा गडबड गर्न पुग्छ । केहीको चाहिँ बौद्धिकता उच्चस्तरको हुन्छ र कला वा साहित्यमा राम्रो प्रतिभा प्रदर्शन गर्नसक्ने क्षमता हुन्छ तर बोल्नुप¥यो भने कट्टुलाई टट्टु वा अरु कुनै उच्चारण गर्न पुग्छ ।

यहाँ यी समस्याहरुलाई फरक ढंगले हेर्ने हो भने एउटा आश्चर्यजनक सत्यको बोध हुनसक्छ । त्यो सत्य हो– यस्ता संकेतहरु उनीहरुमा विलक्षण प्रतिभा, अनौठो खुबी र विशिष्ट क्षमता लुकिरहेका लक्षणहरु हुनसक्छन् !

निश्चित रुपमा सिकाइमा देखिने अपाङ्गपनाको अनुसन्धान निकै जटिल छ, डिस्लेक्सिया समस्याजस्तै ! तर एउटा पक्षचाहिँ स्पष्ट छ– यो समस्याले ग्रस्त मानिसहरु बेजोडका हुनसक्छन् । किनकि डिस्लेक्सिया भनेको सिकाइको अपाङ्गपन, धेरैजसो पहिले थाहा नपाइएको, नदेखिएको अद्भूत प्रतिभा, पहिलेदेखि विद्यमान रुचि र योग्यताका साथै तत्कालीन सामाजिक वातावरणको अनौठौ गठजोड मानिन्छ ।

पक्कै पनि उनीहरुको दिमागमा अरुमा नहुने खालको अस्वाभाभिक जोडाइ र संयोजन हुन्छ, जसको परिणामस्वरुप उनीहरुमा लेख्ने, पढ्ने र गणितका समस्याहरु हल गर्ने मामिलामा कठिनाइ देखापर्छ । तर यसको अर्को पाटो पल्टाएर हेरियो भने उनीहरुमा संगीतप्रति विशेष लगाव हुनसक्छ, साहित्य रचनामा विशिष्ट प्रतिभा हुनसक्छ र सिर्जनशीलताको खुबी हुनसक्छ । हो, कलात्मकता, सहज अन्तरज्ञान, विविध खालका रंगीन सपना, गणितीय अवधारणा र संश्लेषण गर्ने क्षमता हुनसक्छन् ।

साँच्चै भन्ने हो भने विगत तीन–चार सय वर्षका प्रख्यात व्यक्तित्वहरुको जीवनमाथि गरिएको अध्ययनबाट थाहा भएको छ– धेरैजसो डिस्लेक्सिया ग्रस्तहरु बेजोडका हुनसक्छन्, उनीहरुमा विशिष्ट खुबी, अनौठो क्षमता र विलक्षण प्रतिभा निहित हुनसक्छ । ती गुणहरुलाई फलाउने–फुलाउने वातावरण भएमा उनीहरु सावार्धिक प्रतिभाशाली व्यक्तिका रुपमा विकसित भएका उदाहरणहरु बग्रेल्ती छन् ।

seurce ratopati

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account