‘मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु प्रम ओलीको ठूलो कमजोरी’

‘मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु प्रम ओलीको ठूलो कमजोरी’

‘मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु प्रम ओलीको ठूलो कमजोरी’

मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजीनामा गर्नु पर्ने माग दोहोरएका छन् ।

आज  रिपोर्टस क्वल ५ नम्वर प्रदेश कार्यलय बुटवलले गरेको पत्रकार सम्मेलनमा  बोल्दै पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

मन्त्री अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारी पदमा बस्नुको लागि उपयुक्त नहुने उनको भनाई छ  ।

उनले  प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए ।

फरक प्रसङ्गमा नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर  दिएको प्रतिक्रिया कुटनीतिक रुपमा कमजोरी देखिएको बताए ।

‘अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन, उसले भनेका कुरामा विमति हुन सक्छन्, तर हाम्रो जस्तो सानो मुलुकले अरु दुई मुलुकका बीचमा भएका विवादमा प्रतिक्रिया दिन आवश्यक छैन,’ उनले भने–दुईवटा हात्ती लडे भने मिचिने भनेको घाँस हो, हामी त्यतातर्फ नजाऔँ ।’

यता, प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा गरेको अनियमिततामा दोषीलाई कारबाही गर्न नागरिक समाजले आन्दोलन थाल्नुपर्ने उनको भनाई छ ।

‘गाडी खरिदमा घोटाला गर्नेमा संलग्न भएकाहरुलाई तपाईंहरु भोलि प्रमुख अतिथि बनाएर बोलाउने कि नबोलाउने ?,’ उनले प्रश्न गरे, ‘जो जसले गाडी खरिदमा अनियमितता गरेका छन्, उनीहरुलाई कारबाही गर्नका लागि तपाईंहरु आवाज उठाउनुस् ।’

उनले नागरिक समाजले जहिलेपनि व्यक्तिभन्दा पनि विषय र प्रवृत्तिको विरोध गर्ने उल्लेख गर्दै देशभर भ्रष्टाचारको विरोधमा शान्ति समाजले अभियान थालेको बताए ।

जनकपुरमा आदित्यनाथ : ड्रोनको गस्तीदेखि ५ हजार सुरक्षाकर्मी परिचालन

जनकपुर । सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट औपचारिकरुपमा जन्ती घोडा, रथ, उटसहितमा सवार भई आइसकेका छन् भने अझै पनि धर्मावलम्बीहरु आउने क्रम जारी नै छ ।

विवाह पञ्चमीको अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । विवाहपञ्चमी महोत्सवमा मुख्यमन्त्री आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर भोलि बुधबार आउने छन् ।

यसपालि विवाह पञ्चमी महोत्सवमा १० लाख भन्दा बढी संख्यामा श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ । अत्याधिक भीडभाड हुने र विभिन्न किसिमको घटना घट्न सक्ने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराको प्रयोग गरिने भएको छ भने  अत्याधुनिक ¥यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुुईवटा ड्रोेन क्यामराको परिक्षण गरी सोहि माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको छ ।

त्यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए ।

सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबारदेखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए ।

सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् ।

seurce ratopati

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account