नेपाली ज्योतिषीले अमेरिकाको समयअनुसार गणना गरी पात्रो बनाउने

नेपाली ज्योतिषीले अमेरिकाको समयअनुसार गणना गरी पात्रो बनाउने

नेपाली ज्योतिषीले अमेरिकाको समयअनुसार गणना गरी पात्रो बनाउने

विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी पञ्चाङ्ग (पात्रो) निर्माण गरिने भएको छ ।

दक्षिण एशियाली ज्योतिष महासङ्घको केन्द्रीय वार्षिक महासभाको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले पहिलो चरणमा अमेरिकाको समयअनुसार गणना गरी पात्रो प्रकाशन गर्न लागिएको बताए ।

“धेरै युवायुवती परिवारसहित हाल विदेशमा बसोवास गर्छन्, तिनले यहीबाट प्रकाशन भएको पात्रो लिएर जान्छन्, त्यसैअनुसार पर्व मनाउँछन्”, उनले भने, “यसरी मनाउँदा विसं २०७४ को रक्षाबन्धनका दिन नेपालमा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमै मनाइएको थियो, अमेरिकामा पनि नागपञ्चमीमै मनाइएछ, त्यहाँ ग्रहण थिएन, यो शास्त्रसम्मत भएन ।”

हिमालयको काखमा रहेको नेपाल विश्वकै गुरु भएकाले पनि विश्वका जुन जुन देशले चाहन्छन् तिनीहरुका लागि पञ्चाङ्ग निर्माण गरिने भट्टराईले बताए । यसका लागि उहाँको अध्यक्षतामा समिति गठन गरिएको विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले जानकारी गराए । उनले विश्वका ज्योतिषहरुको संस्थाले आवश्यक पर्ने देशका लागि पात्रो निर्माण गरिदिने गरी तयारी शुरु गरिएको बताए ।

प्रा श्रीकृष्ण अधिकारीले नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा तिथिको घडी, पला, चाँडपर्वको समय मिले नमिलेको गणना गरी ज्योतिषीले समर्थन वा विरोध गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष सहदेव विष्ट, वरिष्ठ उपाध्यक्ष एवं वाल्मीकि विद्यापीठका उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, ज्योतिषी माधवराज पाण्डे, किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शर्मा, महासङ्घकी सल्लाहकार अम्बिका शर्मा लगायतले ज्योतिषीले शास्त्रभन्दा स्वार्थलाई हेरेर फलादेश, लगन टिप्पणको निर्माण, चर्चामा आउन आचारसंहिता विपरितका काम बढेकाले नियमन गर्न माग गरेका थिए ।

पत्रकार महासंघले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

काठमाडौँ ।नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे÷नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ ।

महासङ्घको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको बैठकले आइतबारदेखि सञ्चार प्रतिष्ठानमा अनुगमन गर्ने र अनुगमनका क्रममा ऐन कार्यान्वयन नगरेको पाइएमा त्यस्ता सञ्चार प्रतिष्ठानमा आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए ।

बैठकले विभिन्न प्रदेश र स्थानीय तहले जारी गरेका आमसञ्चार नीति र संसद्मा प्रस्तुत गरेका ऐनमा प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेकाले त्यसलाई तत्काल सच्याउनसमेत माग गर्ने निर्णय गरेको छ ।

महासचिव विष्टले बैठकले प्रेस स्वतन्त्रता सङ्कुचन सच्याउन माग गर्नका लागि सातै प्रदेशमा शनिबारदेखि फागुन ५ गतेसम्म ‘प्रेस स्वतन्त्रता मिसन’ सञ्चालन गर्ने निर्णय गरेको बताए ।

मिसनका क्रममा सरोकारवाला पक्षबीच व्यापक छलफल तथा अन्तक्र्रिया गर्नुका साथै महासङ्घको आधिकारिक धारणा प्रदेश र स्थानीय सरकारसमक्ष प्रस्तुत गरिने उनले बताए ।

बैठकले आगामी फागुन ९ र १० गते पोखरामा हुन गइरहेको महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफलसमेत गरेको छ । साधारणसभाको ‘राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ मूल नारा बैठकले तय गरेको छ ।

सभामा महासङ्घको नीतिगत, सङ्गठनात्मक र आर्थिक प्रतिवेदनका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत सबै तहका नेतृत्व चयन गर्ने गरी विधान संशोधनको प्रस्ताव प्रस्तुत हुने महासचिव विष्टले जानकारी दिए ।

seurce ratopati

 

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account