हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त

काठमाडाैं – कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा हिमपात हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । बुधबारदेखि पुन: हिमपात सुरू भएपछि कर्णाली प्रदेशका जिल्लामा जनजीवन अस्तव्यस्त भएको हो ।

लगातार परेको हिमपातले उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताएका छन् । हिमपातका कारण सञ्चार माध्यम अवरुद्ध भएपछि उपल्लो डोल्पाका बस्ती सम्पर्कबिहीन बन्न पुगेको उनले जानकारी दिए । हिमपातले अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि चिसो बढेसँगै दैनिक कामकाज कठिन भएको छ ।

विमानस्थल बन्द 

शुक्रबार रातिदेखि परेको हिमपातले कर्णालीका सबै विमानस्थल बन्द भएका छन् । हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेका कारण कुनै उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ ।

लगातारको हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् । विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एक सातासम्म हवाई उडान ठप्प हुन सक्ने नागरिक उड्डयन प्राधिकरण जुफाल शाखा जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । रामचन्द्र न्यौपाने

हिमपातले हिउँदे बाली सप्रने

रसुवा । पटक–पटक परेको पानी र हिउँले हिउँदे कृषिउपजको उत्पादन राम्रो हुने भएको छ ।

स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङका अनुसार माघ महीनाको निरन्तर वर्षा र हिमपातले जमीनमा यथेष्ठ चिसोपनले गर्दा लगाइएको गहुँ, जौ, करू, मुसुर, केराउ, आलु, तोरीजस्ता कृषिउपज उत्पादनमा सप्रने आशाले किसान उत्साहित भएका छन् ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरभन्दा माथिको उचाइका क्षेत्रको जमीन हिमपातले छोपेको र अन्य ठाउँको जमीनमा वर्षाले चिसोपन कायम भएको छ ।

चिसोले जनजीवन भने निकै कष्टकर भएको छ । हिउँले छोपेका बारीमा भने क्रमिकरूपमा हिउँ पग्लिन गई चिसोपन बस्ने र माटो मलिलो बनाई उत्पादनमा मद्दत पुग्ने तामाङले बताए ।

शिशिर ऋतुमा परेको हिमपात निकै बाक्लो देखिएको, चिसोपन अत्यधिक बढेकाले ग्रामीण किसानको समस्यालाई ध्यान दिएर जिल्ला विपद् व्यवस्थापन समितिले १८० थान न्यानो कपडा कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

विपन्न वर्ग हो भन्ने स्थानीयतहको सिफारिसका आधारमा नौकुण्ड गाउँपालिकाको सिङबन्दी, बच्चा, घाङमर, गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ, आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ र चिलिमे क्षेत्रमा वितरण गरिएको प्रजिअ पौडेलले बताए ।

seurce ratopati

 

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account