विना विज्ञान आयुर्वेदको ज्ञान कसरी सम्भव छ ?

विना विज्ञान आयुर्वेदको ज्ञान कसरी सम्भव छ ?

विना विज्ञान आयुर्वेदको ज्ञान कसरी सम्भव छ ?

आयुर्वेदमा लगभग एक लाख भन्दा बढी प्रकारका औषधी छन् । यस्ता औषधी आधुनिक औषधी विज्ञानले भन्दा निकै गहिरो र विशाल छ ।

यस्ता औषधीलाई कुनै प्रयोगशालामा तयार पारिएको हैन । हाम्रा पूर्खाहरु जंगलमा सहज तरीकाले घुम्थे र बोटविरुवासँग वार्तालाप गर्थे । अर्थात प्रकृतिको भाषा बुझ्न सक्थे ।

यस धर्तीमा रहेको अन्य जीवनको भाषा तब मात्र थाहा हुन्छ, जब ‘स्व’को एक खास तरीकाको मिठासले तपाईंलाई शरीरको बाध्यताबाट मुक्त गर्छ । यस्तो अवस्थामा आफ्नो वरिपरि रहेका प्रत्येक वस्तुको भाषा तपाईको आफ्नो भाषा बन्न थाल्छ ।

बोट विरुवासँग कुरा गर्नुको मतलव यो होइन की बोट-विरुवा मानिसहरुलाई ‘मलाई खाऊँ भन्थे’ । बरु ती व्यक्तिहरुको सामुन्ने ति बोटविरुवाको विशिष्टता तथा तिनीहरुले के गर्न सक्छन् भन्ने कुरा यसरी प्रकट हुन्थ्यो कि मानौ उनीहरुले तपाईं सामु केही कुरा बताइरहेका छन् ।

सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकषिर्त गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कयौं मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना महसुस नै हुँदैन । त्यसैले त भनाई नै छ नि ‘गधालाई चन्दनको वास्नाको महत्वको बारे के थाहा  ?’ । किनकी कुनै पनि सटिक बास्ना महसुस गर्नका लागि मानिसलाई एक विशेष किसिमको संवेदनशीलताको आवश्यकता पर्दछ ।

जीवनमा मधुरताको महत्व

यो कुरा हामी आफैले पनि महसुस गरेको हुनुपर्छ । जब मनमा अनेकथरी कुरा खलिरहेको हुन्छ, तब फुलको सुगन्ध पनि हामीलाई महसुस हुँदैन । तर जब हाम्रो मन प्रशन्न रहन्छ, वरिपरिको वातावरण पनि हामीलाई रंगीन लाग्न थाल्छ र फुलको वास्ना पनि अचानक महशुष हुन थाल्छ ।

फूल त जहिलेपनि वास्नादार नै थियो । यसले वातारणमा सुगन्ध फैलाईरहेकै थियो । कुरा यत्ति हो कि उक्त सुगन्धलाई महसुस गर्नलाई हामीलाई यस्तो कुराको आवश्यकता थियो, जुन हामीसित थिएन ।

त्यसो त फूल होस् वा अन्य वोटविरुवा । माटो होस् वा जीवन । सबैको आ-आˆनै गन्ध हुन्छ । आ-आˆनै विशेषता हुन्छ । तर त्यसलाई महसुस गर्नका लागि आफूभित्र एक खास किसिमको मधुरता हुन जरुरी छ ।

आफूभित्र एक किसिमको आनन्द हुन जरुरी छ । ताकी बाहिर निस्कदा बोटविरुवासँग कुरा गरुन् । प्राचीन कालमा यही तरीकाद्धारा मानिसहरुले हजारौ किसिमको वनस्पतिको उपयोगिताबारे पत्ता लगाएका थिए ।

यसका लागि उनीहरुलाई न त माइक्रोस्कोपको जरुरत पर्‍यो न त कुनै सुक्ष्म अध्ययनकै । बोटविरुवाले विभिन्न माध्यमद्वारा यो कुरा भनेकै कारण हामीलाई यस्ता आर्युवेदिक औषधीबारे थाहा भयो ।

बोटविरुवाले तब बोल्छन्, जब हामीसँग बोल्नका लागि केही पनि हुँदैन र हामी मौन बस्छौ । हामीसँग बोल्नका लागि तबमात्र केही हुन्छ हामी आˆनो अस्तित्वबारे बुझ्छौ । अस्तित्वको सिमाबारे जानकारी हासिल गर्छौ ।

उदाहरणका लागि आज भन्दा करिब २० वर्ष अघिसम्म पनि फोनको प्रयोग ज्यादै न्युन हुन्थ्यो । मानिसहरु अत्यावश्यक पर्दा मात्र फोनको प्रयोग गर्थे । आज जमाना बदलिएको छ । प्रत्येक मानिससको हातमा स्मार्टफोन छ । त्यसैले, आज  मानिससँग बोल्नका लागि अनगिन्ती कुरा छन् ।

हो, प्रविधिले हामीलाई सक्षम बनाएको छ । प्रविधिका कारण नै हामी अघि बढ्न सफल भएका छौ । यस्ता प्रविधिलाई हामी राम्रो काममा प्रयोग गर्न सक्छौ । यसमा कुनै द्विविधा छैन ।

तर जति जति यस्ता प्रविधि वा स्मार्टफोनको व्याट्री सकिन थाल्छ , तब यसलाई चार्ज गर्ने चार्जरको अभावमा हामी स्वत गायब हुन थाल्छौ । व्याट्रीको अभावमा स्मार्ट फोनको अभावले हामी अचानक मुर्ख जस्तो लाग्न  थाल्छौ । अर्थात हाम्रो स्मार्टनेशको मुख्य कारण भनेकै हाम्रो फोन हो ।

यस अर्थमा स्वाधिष्ठान र मणिपूरक दुई यस्ता आयाम हुन् जसको मद्दतले मानिसहरु कयौ काम गर्न सक्दछन् । हामी जति जति अघि बढ्छौ, यो कम सक्षम र धेरै भेदभाव पूर्ण हुनथाल्छ । एक तरीकाले भन्ने हो भने यो मणिपूरक स्वाधिष्ठान र मूलाधारकै परिणाम हो ।

मणिपूरक स्वाधिष्ठान र मूलाधार

मणिपूरक स्वाधिष्ठान र मूलाधार शरीरको भरण पोषणको केन्द्र हो । जुन कुरा शरीरको लागि आवश्यक हुन्छ, त्यसलाई फेरी पैदा गर्नमा यो सक्षम हुन्छ । र, यी दुवै मिलेर नै जीवनको रचना हुन्छ । मणिपूरकले त्यसलाई सम्भाल्ने मात्र गर्छ । यस अर्थमा जीवनमा मणिपूरक निकै महत्वपूर्ण हुन्छ ।

जीवनका प्रत्येक चक्र आˆनो स्थानमा सर्न सक्छ । तर विशेषगरी मणिपूरक बढी गतिशील हुने भएकोले यो एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तर भइरहने गर्छ । किनकी यो यस्तो स्थान हो, जसमा शरीरमा रहेको ७२ हजार नाडि एक आपसमा मिल्दछन् र फेरी जोडिने गर्छन् । त्यसैले त, मानिसहरुले आˆनो मणिपूरकलाई अलग अलग किसिमले गति दिन सक्छन् ।

जबकी स्वाधिष्ठान भनेको आत्मा र स्थान हो । यो अवचेतन मनको त्यो स्थान हो जहाँ मानिसको अस्तित्वको प्रारम्भमा गर्भैदेखि जीवन अनुभव र आˆनो छायाँ संग्रहीत रहन्छ ।

मुलधारले हाम्रो सबै कर्मको भण्डारण गर्छ भने स्वाधिष्ठानले  यसलाई सकि्रय तुल्याउँछ । स्वाधिष्ठानले जागृति स्पष्टता र व्यक्तित्वको विकास गर्छ ।

त्यस्तै, मुलधारको सम्बन्ध अचेतन मनसित हुन्छ जहाँ पहिलेको जीवनको कर्म र अनुभव संग्रहित हुन्छ ।र यसले नै हाम्रो भावी प्रारम्ध निर्धारण गर्छ । र, यो मानिसको व्यक्तित्व विकासको जग पनि हो । यसले मानिसमा स्फूर्ति, उत्साहको प्रवाह गर्नुका साथै व्यक्तित्वको विकास गर्छ ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account