विश्वमा कुन देशका मानिसले बढी मासु खान्छन् ?

विश्वमा कुन देशका मानिसले बढी मासु खान्छन् ?

विश्वमा कुन देशका मानिसले बढी मासु खान्छन् ?

तपाईंको घरमा कति जनाले मासु खान छाडे ? कतिले मासु कम खान थाले ? अहिले तपाईंसँगको यसको जवाफ हुनसक्छ । किनभने मासु स्वास्थ्यमैत्री खान्की होइन भन्ने प्रभावसँगै धेरैले आफ्नो छाकबाट मासु कटौती गरिरहेका छन् ।

मासु सेवन कम गर्दा पूर्णत त्याग गर्दा मूलत तीन फाइदा देखिएको छ ।

एक, स्वास्थ्यमा सुधार ।

दुई, पर्यावरण र पशुपंक्षीको रक्षा ।

तीन, भान्साको बजेटमा कटौती ।

मासु छाड्ने लहर त हाम्रो घर वा समाजमा मात्र होइन, विश्वव्यापी रुपमै चलेको छ । उदेगलाग्दो तथ्यांक कस्तो छ भने, मासुको खपत बढ्दो छ । एकातिर मासु खानेको संख्या घट्दो अर्कोतिर मासुको खपत बढ्दो । किन यस्तो भएको छ ?

मासु प्रोटिनको स्रोत हो । शरीरलाई आवश्यक पोषकतत्वमध्ये मासुबाट प्राप्त हुने प्रोटिन पनि एक हो । यद्यपी मासुका अरु विकल्प छन् । दुधजन्य परिकार यसको सर्वोत्तम विकल्प हुन् ।

अहिले मासु खान हुँदैन वा मासु सेवन स्वास्थ्यका लागि फाइदाजनक छै्रन भन्ने  कुराले विश्वव्यापी चर्चा पाएको छ । यसै सन्दर्भमा बीबीसी हिन्दी अनलाइनले प्रकासित एक लेखको भावनुवाद यहाँ पेश गरिएको छ ।

मासु खान छाडेको कुरा गर्दै मान्छेहरु आफ्नो स्वास्थ्य सुधार्नेदेखि पर्यावरण र जनवारको हितको कुरा गरिरहेका छन् ।

यदि बेलायतको कुरा गर्ने हो भने एक तिहाई बेलायती नागरिक दाबी गरिरहेका छन् कि, उनीहरुले मासु खान छाडिसके । कतिले कम गरे ।

त्यसैगरी अमेरिकामा दुई तिहाई नागरिकले विगतमा भन्दा निकै कम मासु खाइरहेको बताउने गरेका छन् ।

मानिसको सोंचमा देखिएको यो परिवर्तनको आशिंक श्रेय मांसाहारको विरुद्ध चलाइने अभियान जस्तो कि मीट-प|mी मन्डे वा भेगनरीलाई दिनुपर्छ ।

यसका साथसाथै यही समयमा कति वृत्तचित्र र शाकाहारका प्रभावशाली पक्षधरले कम मासु सेवन गर्नुको फाइदा जनमानसमा पुर्‍याइसकेका छन् । यसरी विश्व नै शाकाहारी हुँदै गएको अवस्थामा के मासुको खपतमा कुनै असर परेको छ ?

वढदो तलब, बढ्दो खपत

वैश्विक स्तरमा मांसाहारको खपतमा पछिल्लो ५० बर्षमा तिब्र बढोत्तरी भएको छ । यसका साथै सन् १९६० को तुलनामा मासुको उत्पादन पाँच गुना बढेको छ । सन् १९६० मा मासुको उत्पादन ७० मिललिन टन थियो जो कि सन् २०१७ सम्म ३ सय ३० टन पुगिसकेको छ ।

किन बढ्यो त मासुको खपत ?

यसको एउटा कारण हो, जनसंख्यामा बढोत्तरी । किनभने हिजोको त्यो दिन र आजको दिनमा करिब दुई गुणा बढी जनसंख्या बृद्धि भएको छ ।

सन् १९६० को सुरुवातमा वैश्विक जनसंख्या लगभग तीन अर्ब थियो, जबकी यतिबेला विश्वको जनसंख्या ७ दशमलव ६ अर्ब छ ।

तर, मासुको खपत बढ्नुमा जनसंख्याको वृद्धिदर मात्र कारण भने होइन । मासुको उत्पादनमा पाँच गुणले वृद्धि जनसंख्या बढेको कारणले होइन । यसको मूख्य कारण त मान्छेको आयस्रोत एवं पारिश्रमिक बढेको कारणले । अर्थात मान्छेको क्रयशक्ति बढेकाले गर्दा नै मासुको खपतमा बढोत्तरी आएको हो ।

विश्वभरका मानिस धनी हुँदैछन् । केवल पचास बर्षमा वैश्विल आय तीन गुणा भइरहेको छ ।

जब हामी विश्वको भिन्न भिन्नै देशमा मासुको खपतको अध्ययन गर्छौं, तब थाहा हुन्छ कि जुन देशका नागरिक बढी समृद्ध छन् त्यही मासुको खपत बढी छ ।

यसको स्पष्ट अर्थ के हो भने, विश्वमा मान्छेको संख्या मात्र बढेको होइन । बरु यस्तो मान्छेको संख्या चाहि बढी छ जो मासु खानमा खर्च गर्न सक्षम छन् ।

विश्वमा कसले खान्छ बढी मासु

विश्वमा कसले बढी मासु खान्छ होला ? मासुको खपतमा यदि ध्यान दिने हो भने समृछि र मासुको खपतको सोझो सम्बन्ध देखिन्छ ।

यस सम्बन्धमा सबैभन्दा पछिल्लो आंकडा सन् २०१३ को छ ।

यस अन्र्तगत अमेरिका र अष्ट्रेलियामा बाषिर्क मासुको खपत अत्याधिक हुने गरेको छ । त्यसैगरी न्यूजील्यान्ड र अर्जेन्टिनामा प्रतिव्यक्ति सय किलोग्राम मासुको खपतको हिसाबले सबैभन्दा उच्च स्थान हासिल गरेको छ ।

पश्चिमी देशमा खासगरी युरोपका धेरैजसो देशमा प्रतिव्यक्ति बाषिर्क मासुको खपत ८० देखि ९० किलोग्राम छ । त्यसैगरी विश्वको गरिब देशमा मासुको खपत कम छ ।

एक औसत इथियोपियन व्यक्ति मात्र सात किलोग्राम मासु खान्छ । त्यसैगरी रवान्डा र नाइजेरियाका मानिसहरु आठदेखि नौ किलोग्राम मासु खान्छन् । यो आंकडा कुनैपनि औसत यूरोपिय व्यक्तिको तुलनामा १० गुणा कम हो ।

कम आयस्रोत हुने मुलुकमा मासु खानु अहिले पनि विलासिताको प्रतिक मानिन्छ ।

यो आंकडाले बताएँछ कि प्रतिव्यक्तिको स्तरमा कति मासु उपलब्ध छ । यस आंकडामा घर एवं पसलमा बर्बाद हुने मासुलाई भने सामेल गरिएको छैन ।

मध्य आयवर्ग भएका मुलुकमा बढ्दैछ खपत

स्पष्ट छ, विश्वका धनी देशमा मासुको खपत बढेको छ । जुन देशको आय कम छ, त्यहाँ मासुको खपत कम छ ।

पछिल्लो पचास बर्षमा यही क्रम छ । यस्तो अवस्थामा अब मासुको खपत किन बढिरहेको छ ?

यसको अर्को कारण हो, मध्यम आय भएका देशले अहिले मासुको खपत बढाउँदै लगेको छ ।

तिब्र गतिमा प्रगति गरिरहेको देश चीन र ब्राजिलमा हालैको बर्षहरुमा तिब्र आर्थिक प्रगति भएको छ । यसका साथ साथै यी मुलुकमा मासुको खपत पनि बढेको छ ।

कीनियामा सन् १९६० पछि अहिलेसम्म मासुको खपतमा मामुली अन्तर आएको छ ।

त्यसैगरी चीनमा एक औसत व्यक्ति सन् १९६० को दशकमा प्रतिवर्ष पाँच किलोग्रामदेखि कम मासु खाएका थिए । तर ८० को दशकमा यो आंकडा २० किलोग्रामसम्म पुगेको छ । त्यसैगरी वितेको केही दशकमा मासुको खपत ६० किलोग्रामसम्म पुगेको छ ।

ब्राजिलमा यस्तै देखिएको छ । सन् १९९० देखि त्यहाँ मासुको खपत दुई गुणा बढेको छ । यस कुरामा त ब्राजिलले केही पश्चिमी मुलुकलाई पनि छाडिदिएका छन् ।

के पश्चिमी देशमा कम हुँदैछ मासुको खपत ?

यूरोपदेखि उत्तरी अमेरिकामा कतिपय नगरिक भन्न थालेका छन् कि उनीहरु मासु खान छाड्दैछन् । तर यसको के असर छ ?

आंकडाले भने यस्तो नतिजा देखाएको छैन ।

अमेरिकाको कृषि विभागसँग जोडिएको आंकडाले भन्छ, वितेको केही बर्षमा प्रति व्यक्ति मासुको खपत कम हुनुको बदला बढी रहेको छ । युरोपेली संघमा ठिक यही तस्वीर देखिन्छ ।

अहिले पश्चिमी मुलुकमा मासुको खपतमा खास अन्तर देखिएको छैन । तर, मासुको प्रकारमा भने परिवर्तन आएको छ । यसको अर्थ के भने रेड मिट, बिफ र पोर्कको ठाउँमा पोल्ट्रीको खपत बढेको छ । यस किसिमको परिवर्तन पनि स्वास्थ्य सचेतनासँग जोडिएको छ ।

मासुको प्रभाव

कतिपय अवस्थामा मासुको सेवन लाभदायक हुनसक्छ । कम आयस्रोत भएको मुलुकमा मासु र दुधजन्य उत्पादन उपभोग मान्छेका लागि राम्रो डाइट हुनसक्छ । तर, कतिपय मुलुकमा भने मासु पोषणको आवश्यक्ताभन्दा केही बढी देखिएको छ । खासमा मासुले उनीहरुलाई पोषणभन्दा पनि रोगी बनाउँदैछ ।

केही अध्ययनबाट थाहा भएको छ कि रेड मिट र प्रोसेस्ड मिटको उपभोग मुटुको रोग, हृदयघात र केही प्रकारको क्यान्सरसँग सम्बन्धित छ ।

सुँगुर वा गाईको मासुको बदलामा कुखुराको मासुको खपत बढेको छ । कुखुराको तुलनामा गाईको मासुबाट जमिन, जल र ग्रीन हाउस ग्यास उत्सर्जनमा तीनदेखि दश गुणा बढी प्रभाव रहन्छ । पोर्क अर्थात सुँगुरको मासुको प्रभाव पर्यावरणमा दुई गुणा बढी हुन्छ ।

यसको अर्थ यो हो कि मासुको भेराइटीदेखि मात्रामा पनि परिवर्तन गर्नु पर्छ । मांसाहारलाई एक पटक फेरी विलासिताको प्रतिक बनाउनुपर्नेछ ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account