दक्षिण भारतीय फिल्ममा ऐश्वर्य

दक्षिण भारतीय फिल्ममा ऐश्वर्य

दक्षिण भारतीय फिल्ममा ऐश्वर्य

‘फन्ने खान’मा अभिनय गरेपछि अहिले ऐश्वर्य राय फुर्सदमा थिइन् । उनले अब बलिउडको कुन प्रोजेक्टमा काम गर्छिन् भन्ने हल्ला चल्दै गर्दा उनी दक्षिण भारतिय चलचित्रमा अनुबन्धित भएकी छिन् ।

ऐश्वर्य उनको मनपर्ने निर्देशक मनी रत्नमको चलचित्रमा काम गर्न लागेकी हुन् । यस चलचित्रका लागि उनले मोटो पारिश्रमिक लिएको बुझिएको छ ।

यसै चलचित्रको लागि ऐश्वर्यका ससुरा अर्थात् बलिउडका भेट्रन अभिनेता अभिताभ बच्चनलाई पनि अफर गरिएको छ । तर, अभिताभले यस चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने टुंगो लागिसकेको छैन् ।

निर्देशक मनी रत्नम जो विभिन्न फरक शैलीहरुमा केन्ऽित भएर काम गरिरहेका छन् । उनले अहिले एक नाटक ‘चोला साम्राज्य युग’को स्कृप्ट फेला पारेका छन् । चलचित्र निर्माता पलोनीयन सेवान पनि किल्क कृष्णमूति द्वारा लिखित किताबमा चलचित्र बनाउन इच्छुक भएको बुझिएको छ ।

रेबती भन्छिन्–‘प्रेममा थिएँ, तर अहिले सिंगल छु’

चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रन लागेकी नायिका हुन्, रेबती क्षेत्री । भारतको मुम्बइमा बस्दै आएकी रेबती यो चलचित्रबाट नेपाली चलचित्रमा पनि राज गर्ने सोचमा छिन् । ५.९ इन्च अग्ली रेबती भारतमा मोडलिङ गर्दै आएकी छिन् । प्रेमले भरिएको चलचित्रमा काम गरेकी रेबतीले अनलाइनखबरसँगको कुराकानीमा आफ्नो प्रेम प्रसंग पनि खुलाइन् ।

उनले भनिन्–‘हो, म कुनै समय प्रेममा थिएँ । तर, अहिले टुटिसकेको छ ।’ रेबतीले पत्रकारलाई आफ्नो प्रेम कोसँग थियो भनेर पत्ता लगाउन समेत चुनौती दिइन् ।

रेबतीले प्रेम टुट्नुको कारण समेत खुलाएकी छिन् । उनले भनिन्–‘टिनएजमा धेरै कुरा वुझिदैन । यसैले पनि प्रेममा परिन्छ र टुट्छ पनि । विशेषगरि, एक अर्कामा लचकता अपनाउन सकिएन भने प्रेममा अलग भइदो रहेछ ।’
उनले, एक अर्काले गरेको कामलाई सम्मान गर्नुपर्ने र यसो गर्न नसके लामो समयसम्म प्रेम नटिक्ने जवाफ दिएकी छिन् ।

seurce online khadka

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account