डा. केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

डा. केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

डा. केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

२८ पुस, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

डा. केसी इलाममा अनसनरत छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा. केसीले अनसन थालेका हुन् ।

डा. केसीको जीवन रक्षाको पहल गर्न चिकित्सक संघको आग्रह

२८ पुस, काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सहमति र्कायान्वयनको माग राख्दै डा. केसी शुक्रबारदेखि इलाममा अनसनरत छन् ।

चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पुर्‍याएको ठहर गरेको छ ।

१६ औं पटक अनसनमा बस्दा डा. शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अपि्रय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् ।

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसीपीसीएच-(यूके) परीक्षा नेपालमै सुरू भएको छ ।

रोयल कलेज अफ इङ्ल्याण्डले बालरोग विशेषज्ञहरूको परीक्षाका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छनोट गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अस्पतालमा उपलब्ध विश्वस्तरीय पूर्वाधार, सेवासुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै बिबिध शैक्षिक गतिबिधिहरुका कारण ग्राण्डीलार्इ छनौट गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले जानकारी दिए ।

शनिबार र आयतबार गरी दुर्इ दिन संचालन हुने परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपालबाट ४ जना तथा भारत, श्रीलंका, मलेशिया लगायततबाट २० जना गरी कुल २४ जना बालरोग बिशेषज्ञहरु परीक्षार्थीका रुपमा सहभागी छन् ।

परीक्षाको प्रिन्सिपल रिजनल एक्जामिनरका रुपमा डा. चन्देश्वर महासेठ छन् भने अन्य परिक्षकहरुमा डा. अजित रायमाझी, डा. कल्पना सुवेदी, डा. गणेश राइ र डा.सुधा बस्नेत छन् ।यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता थियो ।

२८ पुस, चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुने बताएका छन् । उनले अध्यादेशमा राखिएका केही प्रावधानबाट नआत्तिन उनले कर्मचारीहरुलाई आग्रह पनि गरे ।

नेकपा सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई शुक्रबार राति अबेर चितवनको भरतपुरमा सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।’

उनले आन्दोलन छाडेर समायोजनमा सहयोग गर्न कर्मचारीहरुलाई सुझाव पनि दिए । ‘सम्वादहीनताका कारण केही नमिलेको जस्तो देखियो,’ उनले भने, ‘पार्टी हाम्रै हो, सरकार हाम्रै छ, नमिलेका कुरा मिलाइन्छ, आन्दोलन गर्नुपर्दैन ।’ पोखरेलले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए ।

शनिबारसम्म चल्ने केन्द्रीय बैठकले संघीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ । देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी चितवनको भरतपुरमा भेला भएका छन् ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account