कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

२८ पुस, काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ ।

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो । शल्यक्रियाबाट ती बिरामीको कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो ।

सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको जिकिर छ । शल्यक्रियामा उक्त अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए ।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहेका प्रा.डा. भण्डारीले भने, ‘बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले शुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ । बिरामीको सहमति लिएर शल्यक्रिया गर्यौँ र सफल पनि भयौँ ।’

शल्यक्रियापछिको एक हप्तापछिको अस्पताल बसाइँपछि ती बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए । उक्त अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ ।

आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु, बालिका घाइते

२७ पुस, विराटनगर । विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।

बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।

निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको  र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ ।

घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।

२७ पुस, काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई केन्द्र सरकारले बेवास्ता गरेका बेला नेपालगञ्ज उपमहानरपालिकाले भने सार्वजनिक विदा दिएको छ ।

बिहिबार बसेको नगरपालिकाको बोर्ड वैठकले बहुमतका आधारमा विदा दिने निर्णय गरेको हो । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले जनभावनालाई बुझेर सार्वजनिक विदा दिने निर्णय गरिएको बताए ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account