जाडोमा पनि झाडापखाला ? यसकारण खतरनाक !

जाडोमा पनि झाडापखाला ? यसकारण खतरनाक !

जाडोमा पनि झाडापखाला ? यसकारण खतरनाक !

झाडापखला भन्नसाथ बर्षायाम सम्झन्छौं । बर्षायाममा संक्रमित रोगको भय हुन्छ । खानेकुरा, पिउने पानीमा संक्रमण फैलन्छ । त्यही कारण झाडापखला लाग्छ ।

अहिले जाडो सिजन छ । जाडो सिजनमा पनि झाडापखाल हुनसक्छ । जाडोको महिनामा जाडोमा हुने झाडापखाला (वीन्टर डायरिया)का विरामीको चाप हुन्छ । यस्तो समस्या हुनेमा खासगरी नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या बढी हुन्छ । यो बुझ्न आवश्यक हुन्छ की गर्मीमा हुने भन्दा जाडोमा हुने झाडा-पखाला निकै खतरनाक हुन्छ । यस्तो झाडापखालाको मुख्य कारण नै चिसो हो ।

यसकारण हुन्छ जाडोमा झाडापखला ?

जाडोको मौसम शुरु हुने वित्तिकै ‘रोटावायरस’ शक्रिय हुन्छ । यसकै कारण जाडो मौसममा झाडापखालाको समस्या हुन्छ । तर, यस्तो झाडापखालाले रोग प्रतिरोधी क्षमता कमजोर भएका बालबालिकालाई आक्रमण गर्छ । यस्ता वालवालिका अन्य संक्रमणको पनि जोखिममा हुन्छन् ।

यस्तो झाडा पखालालालाई सामान्य पृकसनले एक हप्तामा नै ठिक हुन्छ । तर, तर, एक हप्ताभन्दा बढीसम्म रह्यो भने त्यो कर्निक डायरियामा परिवर्तन हुन्छ । उपचार नगरेको अवस्थामा यसले गम्भीर परिणाम ल्याउन सक्छ । यसको ठिकसँग उपचार नगरेको अवस्थामा जलबियोजन (शरीरमा पानीको मात्रा कम) अर्थात डिहाइड्रेसन हुन सक्छ । शरीरमा पानीको कमी भएमा बिरामीको मृत्यु नै हुन सक्छ ।

जलवियोजनको खतरा

झाडा पखाला भएमा शरिरमा पानीको मात्रा कम हुँदै जान्छ ।  जसरी प्वाल परेको भरी गाग्रीबाट पानी चुँहिदै जान्छ, त्यसै गरि झाडापखाला लागेको मानिसबाट पनि  दिसाको पानी माध्ययमबाट पानीको मात्रा घट्दै जाने गर्छ । त्यतिमात्र नभएर पानीसँगै नुन र अन्य तरलपदार्थको मात्रा पनि बाहिरिदै जाने गर्छ । जसलाई  जलवियोजन अर्थात डिहाइड्रेसन भनिन्छ ।

जलवियोजनबारे कसरी थाहा पाउने ?

– बच्चालाई कहिलेदेखि पखला लागेको भनेर जानकारी हुन जरुरी हुन्छ । दिसामा रगत मिसिएको, तिर्खा लागिरहने, रुँदा पनि आउँशु नआएको अवस्थामा जलवियोजन हुन सक्छ ।

– बिरामीलाई हेरेर पनि जलवियोजनबारे जानकारी हुन्छ । जस्तोकी खराव स्वास्थ्य अवस्था, आँखा गाडिएको, बेहोस् भैरहने, मुख, ओठ, जिब्रो सुख्खा छ भने त्यस्ता बच्चालाई जलवियोजनको समस्या भएको हुन सक्छ ।

– बिरामिलाई छामेर पनि पत्ता लगाउन सकिन्छ । पेटको छाला लुज, पातलो भएमा जलवियोजन भएको हुन सक्छ ।

– जलवियोजन भएमा बैचैन हुने, झर्को मान्ने, आखाँ भित्र गडिने, आँखामा आँशु नहुने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।

– यस्तो समस्याले मुख तथा जिब्रोलाई सुख्खा बनाउने, अत्यधिक तिर्खा लाग्ने, पानी पिउदा हतारिने जस्ता लक्षण देखाउँछ ।

– जलवियोजन भएको मानिसको छाला तानेर छोड्दा विस्तारै फर्किने गर्छ ।

झाडापखलाबाट कसरी बच्ने त ?

– दिसा गरेपछि राम्रोसँग साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । त्यसै गरि खानु र पछि पनि हात धुने गर्नुपर्छ ।

– फलफुल तथा हरियो सागपातलाई राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । र, खानेकुरालाई जहिले पनि छोपेर राख्नुपर्छ ।

– बच्चालाई जिवनजल दिइरहनुपर्छ । स्तनपानलाई नियमित राख्दै नरम खाद्यपदार्थ जस्तै की केरा, ऊसिनेको आलु मुछेर खान दिनुपर्छ ।

– बच्चालाई ग्लुकोज या चिनी पानीको मात्र झोल दिनु हुँदैन । यसो गर्दा बच्चाको पेटमा ग्यास उत्पन्न हुन्छ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जाने गर्छ ।

– त्यस्ता तरल पदार्थको पनि सेवन गराउनु हुँदैन जसमा कफिनको मात्रा हुन्छ । जस्तो की, कोकाकोला, कफि आदि ।

– झाडापखालाबाट ग्रसित शिशुलाई आमाको दुधबाहेक बाहिरी दुध तथा दुधबाट बनेको परिकार खुवाउनु हुँदैन ।

कस्तो अवस्थामा जाने स्वास्थ्य संस्था ?

– पटक पटक पातलो दिशा भएमा,

– राम्रोसाग पिऊन र खान नसकेको अवस्थामा,

– तारन्तार बान्ता भएमा,

– ज्वरो आइरहेमा,

– अत्याधिक तिर्खा लाग्ने समस्या भएमा,

– दिसामा रक्त देखिनेलगायतको अवस्थामा ।

उपचार विधि

– जलबियोजन हुन नदिनको लागि बच्चालाई नियमित रुपमा झोलिलो पदार्थको सेवन गराउनुपर्छ । झाडापखाला नथामिएसम्म यस्तो पदार्थ खुवाइराख्न जरुरी हुन्छ ।

– प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुपर्छ । यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । दुई देखि १० बर्षसम्मका लागि -१०० देखि २०० मि.लि, १० वर्ष भन्दा माथीका लाई बिरामीलाई आवश्यकताअनुसार जीवनजल दिनुपर्छ ।

– डायरिया लागेको विरामिको ऊपचार भनेकै जलवियोजनबाट बचाउनु हो । जलवियोजन भएमा ज्यान नै जानसक्ने समस्या हुन्छ ।

– झाडापखालाका विरामीलाई पुर्नजलिय उपचार नै सबैभन्दा महत्वपुर्ण हुन्छ  । बिरामीलाई कसरी र कतिसम्म पुनजर्लिय उपचार गर्ने भन्ने कुरा बिरामीको शारीरिक अवस्था र जलवियोजनको स्थितिमा भरपर्छ ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account