सांसद उषाकलाले कपाल मुण्डन गरिन्, श्रीमानले भने- तपाईं महान हुनुहुन्छ

सांसद उषाकलाले कपाल मुण्डन गरिन्, श्रीमानले भने- तपाईं महान हुनुहुन्छ

सांसद उषाकलाले कपाल मुण्डन गरिन्, श्रीमानले भने- तपाईं महान हुनुहुन्छ

२६ पुस, काठमाडौं । प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको काजकिरिया गरेकी छन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा लक्ष्मीको निधन भएको हो । आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।

उषा केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । उषाका दाजुभाइ छैनन् । आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, राईले आफैं किरियापुत्री बस्ने निर्णय लिएकी हुन् ।

।अब ५ दिनसम्म काठमाडौंमा बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । ‘यो उहाँको निर्णय हो, यसमा हाम्रो साथ छ’ सांसद तामाङले अनलाइनखबरसँग भने ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै सांसद तामाङले फेसबुकमा यस्तो लेखेका छन्-

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आˆनो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

२६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको बादल मडारिएको बताएका हुन् ।

स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै उनले यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको दावी गरे ।

पूर्वराजा शाहले नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्‍याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने धारणा राखेका छन् ।

भनिन्छ, कुनै चिज जब अस्तित्वमा हुन्न, त्यसको अस्तित्वको महत्व हुन्छ । जब अस्तित्वमा हुन्छ, त्यसको औचित्य वा गुण महत्वपूर्ण हुन्छ । उदाहरणमा हेरौं– जहाँ बाटो नै हुन्न, त्यहाँ बाटो बनाउनु महत्वपूर्ण हुन्छ । तर, जहाँ बाटो हुन्छ, कस्तो बाटो ? घोडेटो, गोरेटो, कच्ची, ग्राभेल वा कालोपत्रे ? त्यो पनि कति लेनको भन्ने प्रश्न उठ्छ ।

जहाँ लोकतन्त्र हुन्न, त्यहाँ लोकतन्त्र स्थापित गर्नु महत्वपूर्ण हुन्छ । तर, जब लोकतन्त्र स्थापित हुन्छ, कस्तो लोकतन्त्र, उदार लोकतन्त्र, सामाजिक लोकतन्त्र, सहभागितामूलक समावेशी लोकतन्त्र, प्रतिनिधिमूलक संसदीय लोकतन्त्र वा प्रत्यक्ष लोकतन्त्र भन्ने प्रश्न उठ्छ ।

ठीक यही सन्दर्भबाट वर्तमान नेकपाको सरकारलाई हेर्न सकिन्छ ।

विसं. २००६ सालमा स्थापित पार्टीले ६८ वर्षपछि ०७४ को निर्वाचनमा पहिलो बहुमतको सरकार गठन गरेको छ । सरकार चलेको १ वर्ष हुन लागेको छ । जतिखेर नेपालमा कम्युनिष्टको सरकार थिएन, सायद कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन हुनु मात्र पनि महत्वपूर्ण कुरा थियो । जब भयो, यो कस्तो सरकार हो ? कसको सरकार हो ? कस्तो कम्युनिज्म हो ? यी प्रश्न स्वाभाविकरुपमा महत्वपूर्ण भएर आएका छन् ।

seurce online khabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account