निगालीमा लटरम्म सुन्तला, छैन बिक्रीको चिन्ता

निगालीमा लटरम्म सुन्तला, छैन बिक्रीको चिन्ता

निगालीमा लटरम्म सुन्तला, छैन बिक्रीको चिन्ता

८ पुस, कैलाली (निगाली) । लटरम्म फलेका सुन्तला देख्दा निगाली गाउँ पुग्ने जो कोहीको पनि मन लोभिन्छ, अझै तराइमा बसोबास गर्नेहरु सुन्तलाबारीमै पुगेर आफ्नै हातले सुन्तला टिपेर खान पाउँदा एकदमै दंग थिए ।

सयौं रोपनीमा सुन्तला खेती गरेका चुरे गाउँपालिका १ निगालीका किसानहरुलाई बजारको समेत कुनै समस्या छैन । व्यावसायीहरु घरमै पुगेर सुन्तला खरिद गर्छन् । उनीहरुले आफ्नै पहलमा गत वर्ष मात्रै प्रधानमन्त्री कृषि आधुनिकिकरण मार्फत निगालीलाई सुन्तला जोनको रुपमा घोषणा गर्न सफल भएका छन् ।

निगालीका किसानहरुले तीस जनाको समूह बनाएर लक्ष्मी सुन्तला उत्पादन कृषक समूह समेत गठन गरेका छन् । समूहका अध्यक्ष टेकबहादुर बमले विगत ७० वर्षदेखि सुन्तला उत्पादन हुदै आएको निगाली क्षेत्रमा व्यवसायिक रुपमै सुन्तला खेती गर्ने अभियान संचालन गरिएको बताए ।

उनले राज्यबाट कृषकहरुलाई सहयोग हुने हो भने कृषिसम्बन्धी ज्ञानका साथै परम्परागत रुपमा हुदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न सकिने बताए ।

आफूले थाहा पाउने बेलादेखि नै सुन्तलाको उत्पादन हुदै आएको निगालीकै तिलक बमले बताए । उनले सिञ्चाइ र प्राविधिक ज्ञानको अभावमा सुन्तलाका बोटहरु सुक्दै जान लागेको बताउँदै राज्यबाट अहिलेसम्म कुनै सहयोग नपाएको बताए ।

लाइन्स क्लब अप धनगढी ग्रिन सिटीका अध्यक्ष टेकराज पनेरुले निगालीका किसानहरुले सुन्तलाको खेतीका लागि धेरै नै मिहिनेत गरेको आफूले पाएको बताए । उनले नेपालमै ख्याती पाएको सुन्तलाई पर्यटनसंग जोडेर नजिकै रहेको भारत लगायत नेपालका आन्तरिक पर्यटकहरुलाई भित्र्याउन सकिने बताए ।

अत्तरिया–डडेल्धुरा भिमदत्त राजमार्ग अन्तर्गत सहजपुरबाट करिब १७ किलोमिटरको दूरीमा रहेको निगालीसम्म पुग्ने मोटरबाटोको उचित मर्मत सम्भार गर्न सके त्यहाँ उत्पादन हुने सुन्तलाले राम्रै बजार पाई किसानहरुको आय स्तरमा समेत वृद्धि हुने थियो ।

seurce online khabar

admin

Related Posts

पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले यसवर्ष कात्तिक ४ गतेदेखि नै कार्यालय खोलिए पनि अझै कर्मचारी आइनसकेको बताए । कोजाग्रत पूर्णिमाका दिनसम्म त कार्यालय खोल्ने कर्मचारी मात्र रहेको उल्लेख गर्दै उनले त्यस अवधिमा सेवाग्राही पनि नगएकाले अविलम्ब बिदा कटौती फिर्ता लिन माग गरे । भाषा, धर्म र संस्कृतिमाथि नियोजित तवरले आक्रमण गर्ने क्रममा कसैको इशारामा बिदा कटौती गरिएको सहभागीको भनाइ थियो । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, हिन्दू जनजागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिषी सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ललगायतले नेपालका मौलिक धर्मसंस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिए । शनिबारसम्म चल्ने सम्मेलनमा शुक्रबार पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयको कार्यपत्र प्रस्तुत गरिन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयको कार्यपत्र प्रस्तुत गरे । दुवै कार्यपत्रमाथि शनिबार छलफल गरी चार सम्मेलनले पारित गरेका घोषणापत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष प्रा डा भट्टराईले अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव अरुणकुमार पाण्डेले जानकारी दिए । शनिबार नै सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । सम्मेलनमा हिन्दू, बौद्ध, जैन, शिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता छ । सम्मेलनमा भाग लिन भारतबाट ३० पण्डितको समूह आएको छ । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्मसंस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका छन् । बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् ।

leave a comment

Create Account



Log In Your Account