(बीबीसी हिन्दी) शरत प्रधान– हुनत बाबरी मस्जिद ढलाइएको २६ वर्ष पुरा भइसक्यो तर त्यसको भूत अझै पनि जीवित छ । यसलाई जीवित राख्ने सम्पूर्ण श्रेय भारतका महान राजनीतिज्ञहरुलाई जान्छ ।
सन् १९९२ डिसेम्बर ६ भारतको इतिहासमा यस्तो दिन हो, जसले भारतको राजनीतिलाई यस्तो मोड दियोकि २६ वर्षमा भारत धेरै पछाडि गयो ।
आज भारतलाई यस्ता मुद्धाहरुले प्रभावित गरिरहेको छ, जसलाई समाजले भारत विभाजनपछि पछाडिनै छाडिदिएको थियो । धर्म–निरपेक्षता भारतीय संविधानमा मात्रै नभएर भारतीय नागरिकहरुको रगतमा बसेको थियो । तर डिसेम्बर ६ पछि सहिष्णुताको स्थान साम्प्रदायिकताको विषले लिन थाल्यो ।
२६ वर्षपछि आज वातावरण यस्तो बन्दै गएको छ कि भारतमा पूरै हिन्दु धर्मलाई अयोध्या मन्दिरमा मात्र सीमित गर्ने प्रयास गरिदैं छ ।
फेरिदियो हिन्दु हुनुको अर्थ
भारतका केही ठालूहरुले हिन्दुको परिभाषासम्म बदलिदिएका छन् । उनीहरुको नजरमा आजको दिनमा त्यही मात्रै हिन्दु हो, जो अयोध्यामा मन्दिर बनाउने कुरामा विश्वास राख्छ र त्यो पनि उनीहरुले राखेको सर्तमा ।
हरेक वर्ष डिसेम्बर ६ को दिन पुरानो सम्झना ताजा हुन्छ । म त्यो दिन प्रत्यक्ष अयोध्या पुगेको थिएँ र मैले त्यो पुरा घटना आफ्नो आँखाबाट देखेको थिएँ । यो कुरा मैले सीबीआई अदालतअघि पेश गरेको ८८ पृष्ठ लामो बयानमा उल्लेख गरेको छु ।
seurce ratopati